Friday, January 15, 2010

It behaves in such a nice way

Wednesday, January 13, 2010

(भावना)

हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु
रुँदा रुँदै आंशुभित्र आँशु भै छल्किएछु
फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु
हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

आजन्मको सम्बन्धमा एक्लो यात्री बनेको छु

सोचाईको समुद्रमा नूनसरी पग्लिएछु
फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु
हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

कुर्दा कुर्दै मायालुको पर्खाल भै ठडिएछु
मेरो मात्रै आकांछाको नाउमा म एक्लिएछु
फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु
हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

चन्द्रविलास भूर्तेल 'स्रिजन'
सुविधानगर, तिनकुने, काठमाडौं