Monday, March 28, 2011

रमाइलो छ जीन्दगी

रमाइलो छ जीन्दगी, भन्ने कुरा बल्ल थाहा भयो
कसले सोचेको थियो र जागिर बोझ रहेछ



केही काम नहुँदा भुन्टिकाँ चिया खाइयाथ्यो
त्यै पनि जेनतेन येनकेन प्रकारेण चलेकैछ


हेर्दा राम्रो बाहिर बोक्रो भित्र झन खोक्र्याथ्यो
गधा जुनी रहेछ जीन्दगी सधैं बोझको बोझ छ

मैले सबै अर्ति सुन्नु परे पनि घर्ती खै काँथ्यो
एकै कप चियामा सारा समय बिन्दास छ
लौ ! भुन्टी मेरो बिना चिनीको चिया कहाँ छ

२०६७-१२-१४, तिनकुने सुविधानगर