Wednesday, March 30, 2011

कवि जी !


लेखुँला झैं - के कन ऊ !
घोरिएको छ - खाली कागजमा
उसका लागि कुनै लेखनिय
छैन - विषयवस्तु
चिन्तीत विताएर पनि - केहीबेर
नसकेकोमा केही लेख्न
धिक्कार्दैछ आफैंलाई
घोरिएको छ - तै पनि ऊ त्यहीं
स्थिर छ कलम -उसको
आँखा छन् थकित - उसका

तर मौन विश्रामपछि - आँखामा उसका
छाउन थाल्छ - निकै चमक
जुरुक्क उठ्छ - त्यहाँबाट ऊ
तखताहरुबाट – दराजका
ल्याएर पत्रिका केहि मुठा
थाल्छ पल्टाउन पाना ऊ
पल्टाएको छ - उसले
पाना एकएक हरेक पत्रिकाका
नियाल्छ सबैलाइ एकपटक
थाल्छ चलाउन कलम वेतोडले
अनि
दोबाटोमा भेट्दा मैले - भोलीपल्ट उसलाई
लाग्दैथियो प्रकाशनगृहतिर – ऊ
ठेली थिए अनगिन्ती कवितका - हातमा उसका ।

२०६१-१२-१, नागढुङ्गा, पोखरा - ८